१२ साउन २०८३, मंगलबार

लगातार ५ दिनको गिरावटका कारण ४ अर्बमा सीमित भयो कारोबार

मंसिर २५, २०८१
काठमाडौं
लगातार ५ दिनको गिरावटका कारण ४ अर्बमा सीमित भयो कारोबार

लगातार ५ दिन गिरावट आएको शेयर बजारमा कारोबार रकम पनि घट्दै गएको छ ।

साताको तेस्रो दिन मंगलबार ६.३२ अंकको गिरावट आउँदा कारोबार ४ अर्ब ४१ करोडमा सीमित भएको हो ।

परिसूचक भने २६६९.८२ अंकमा कायम भएको छ ।

मंगलबार ८५ कम्पनीको शेयर मूल्य बढ्दा १४८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

१० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

जोशी र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढी कमाउँदा एनआरएन र एलआईसीएनमा सबैभन्दा धेरै गिरावट भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्