२३ जेठ २०८३, शनिबार

पुष्पा २: एक हप्तामै वर्ल्डवाइड १ हजार करोड क्लबमा, जवान पठान र एनिमलमाथि भारी

मंसिर २६, २०८१
काठमाडौं
पुष्पा २: एक हप्तामै वर्ल्डवाइड १ हजार करोड क्लबमा, जवान पठान र एनिमलमाथि भारी

अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २: द रूल’ एक हप्तामै १ हजार २ करोड रुपैयाँ वर्ल्डवाइड कमाई गर्दै भारतीय सिने इतिहासकै सर्वाधिक कमाउने फिल्म बनेको छ ।

५ डिसेम्बरमा प्रदर्शनमा आएको यस फिल्मले सातौं दिनसम्म पनि बक्स अफिसमा आफ्नो पकड कायम राख्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।

तेलुगु, हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन गरिएको यस फिल्मले पहिलो दिनमै १७५ दशमलव १ करोड रुपैयाँ कमायो । यसपछि क्रमशः दोस्रो दिन ९३ दशमलव ८ करोड, तेस्रो दिन ११९ दशमलव २५ करोड, चौथो दिन १४१ दशमलव ०५ करोड, पाँचौं दिन ६४ दशमलव ४५ करोड र छैटौं दिन ५१ दशमलव ५५ करोड रुपैयाँ कमाउँदै छ दिनमा कुल ६४५ करोड रुपैयाँको कमाई गरेको छ ।

सातौं दिन थप ३१ दशमलव ५४ करोड कमाउँदै यसले कूल घरेलु कमाई ६७६ दशमलव ५४ करोड गरेको छ ।

त्यस्तै हिन्दी भाषामा पनि फिल्मले शानदार प्रदर्शन गरेको छ । पहिलो दिन ७२ करोड कमाई गर्ने फिल्मले दोस्रो दिन ५९ करोड, तेस्रो दिन ७४ करोड, चौथो दिन ८६ करोड, पाँचौं दिन ४८ करोड र छैटौं दिन ३६ करोड कमायो । सातौं दिन २७ दशमलव ७१ करोड थपेर हिन्दीमा कुल ४७५ करोडको कमाई यसले गरेको छ ।

त्यस्तै पछिल्लो आँकडाअनुसार, पुष्पा २ ले एक हप्तामै वर्ल्डवाइड १ हजार २ करोड कमाउँदै जवान, पठान र एनिमल जस्ता ठूला फिल्मलाई पछि पारेको छ । यो उपलब्धिसँगै पुष्पा २ एक हप्तामा वर्ल्डवाइड सर्वाधिक कमाउने भारतीय फिल्म बनेको छ ।

शीर्ष वर्ल्डवाइड कमाउने भारतीय फिल्महरू (एक हप्तामा):

पुष्पा २  - १ हजार २ करोड

जवान - ६०० करोड

एनिमल - ५६३ करोड

कल्की २८९८ एडी - ४८४ करोड

स्त्री २ - ४०० करोड

salt training

कमेन्ट गर्नुहोस्