२४ जेठ २०८३, आइतबार

तपाईंको मानसिक स्वास्थ्य बिगार्ने बानी के-के हुन् ?, समयमै जानिराख्नुहोस्

मंसिर ३०, २०८१
काठमाडौं
तपाईंको मानसिक स्वास्थ्य बिगार्ने बानी के-के हुन् ?, समयमै जानिराख्नुहोस्

हाम्रो मानसिक स्वास्थ्यलाई सही राख्नु सम्पूर्ण स्वास्थ्यका लागि अति आवश्यक छ। तर, जीवनशैली र खानपानमा गडबडीका कारण वयस्क र बुढ्यौली उमेरका मानिसहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेका छन्। 

स्वास्थ्य विज्ञहरूका अनुसार, सामाजको डर, समाजले के भन्ला, डाक्टरले के भन्लान् भन्ने डरले धेरै मानिसहरू आफ्ना समस्याबारे डाक्टरसँग परामर्श गर्न जाँदैनन् । जसका कारण रोगको सही समयमा निदान र उपचार हुन सक्दैन। यसले मानिसमा मानसिक समस्या निम्त्याउँछ । यति मात्र होइन मानिसक स्वास्थ्यमा असर गर्ने अरू धेरै कारणहरू छन् जसबारे तपाईंले समयमै थाहा पाउन जरुरी छ । नत्र पछुताउनुको विकल्प छैन । 

मानसिक स्वास्थ्यलाई राम्रो राख्नाले जीवनको गुणस्तर सुधार्न र आफूलाई राम्रो महसुस गराउन महत्त्वपूर्ण भूमिका खेल्छ। तर, केही बानीहरूले हाम्रो मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछन्। यी बानीहरूबारे सचेत भई आवश्यक सुधार गर्नु अत्यावश्यक छ। के हुन् त ती बानीहरू आउनुहोस् चर्चा गरौं :

दिनचर्या 

हामी के खान्छौं, हाम्रो दिनचर्या कस्तो छ, हामी कहिले सुत्छौं र उठ्छौं भन्ने कुराले मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ। अनियमित र अपर्याप्त निद्रा, नकारात्मक सोच तथा असन्तुलित खानपानजस्ता बानीहरूले मानसिक स्वास्थ्य बिगार्न सक्छ। 

यस्ता बानीहरूलाई पहिचान गरेर सुधार गर्नाले मानसिक र भावनात्मक स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ। सही दिनचर्या र सकारात्मक बानी अपनाएर मानसिक स्वास्थ्यलाई बलियो बनाउन सकिन्छ।

सामाजिक सञ्जाल र रिल्सको खतरनाक असर
स्वास्थ्य विज्ञहरूका अनुसार, बालबालिका र वयस्कहरूको दैनिक समयको ठूलो हिस्सा मोबाइल फोन र सामाजिक सञ्जालमा बित्ने गरेको छ । जसले मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । यसै सन्दर्भमा, अक्सफोर्ड युनिभर्सिटी प्रेसले सन् २०२४ को वर्ड अफ द इयर को रूपमा ब्रेन रोट शब्द घोषणा गरेको छ। यो शब्द सामाजिक सञ्जालमा अत्यधिक मात्रामा उपलब्ध निम्नस्तरको सामग्रीका कारण हुने मानसिक प्रभावप्रति लक्षित छ । 

अर्थात्, सामाजिक सञ्जालमा धेरै समय बिताउनु वा निरन्तर रिल्स स्क्रोल गर्नु मानसिक स्वास्थ्यका लागि हानिकारक छ।

सोचलाई सकारात्मक बनाउनुहोस्

नकारात्मक सोच र आत्म-आलोचनाले मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ । बारम्बार नकारात्मक विचार गर्नु वा आफूलाई दोषी ठहर्‍याउनुले आत्मसम्मान घटाउँछ र चिन्ता तथा डिप्रेसनको जोखिम बढाउँछ। 

‘म राम्रो छैन’ वा ‘म यो गर्न सक्दिनँ’ जस्ता विचारहरूले मानसिक स्वास्थ्य बिगार्छ। त्यसैले आफ्नो सोचलाई सकारात्मक बनाउनुपर्छ र राम्रो विचारहरूको आदान-प्रदान गर्नुपर्छ।

अनियमित र अपर्याप्त निद्राको असर

निद्राको कमीले पनि मष्तिष्कको कार्यक्षमता घटाउँछ। यसले तनाव, चिन्ता र डिप्रेसनको सम्भावना बढाउँछ। निद्राको कमीले स्मरणशक्ति कमजोर बनाउँछ र निर्णय गर्ने क्षमतामा नकारात्मक असर पार्छ। स्वास्थ्य विज्ञहरूका अनुसार, दैनिक ७-९ घण्टा मज्जाले सुत्नुपर्छ । सुत्ने र उठ्ने निश्चित समय तालिका बनाउनुपर्छ। निद्राको समय अगाडि मोबाइल वा स्क्रिनको प्रयोग कम गर्नुपर्छ र एक शान्त वातावरण बनाउनु आवश्यक छ।

salt training

कमेन्ट गर्नुहोस्