०२ असार २०८३, मंगलबार

साउदीबाट आएका ३६ वर्षीय पुरुषमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि

पुस ५, २०८१
काठमाडौं
साउदीबाट आएका ३६ वर्षीय पुरुषमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि

मुलुकमा पुनः मङ्कीपक्स सङ्क्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । 

'साउदी अरबबाट बिहीबार स्वदेश आएका उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो,' उनले भने, 'अहिले उनको अवस्था सामान्य छ ।'

उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।

दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मङ्कीपक्स सङ्क्रमणको देखिएको थियो ।

उनले मङ्कीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्