२७ जेठ २०८३, बुधबार

तपाईंको आजको राशिफल कस्तो छ ? शुभ-अशुभ थाहा पाउनुहोस्

पुस ७, २०८१
काठमाडौं
तपाईंको आजको राशिफल कस्तो छ ? शुभ-अशुभ थाहा पाउनुहोस्

आज आइतबार, पुस महिनाको ७ गते। आज पुस महिनाको पहिलो आइतबार । भगवान सूर्यको पूजा आराधना गर्ने गरिन्छ  । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । 

हिन्दू पात्रोअनुसार पौष महिनाको कृष्ण पक्षको सप्तमी तिथि दिउँसो २ बजेर ३२ मिनेटसम्म रहनेछ। त्यसपछि अष्टमी तिथि शुरू हुनेछ। आज आयुष्मान योग र त्रिपुष्कर योगको संयोग हुनेछ। 

उसो भए आजको दिन तपाईंको राशिफल चाहिँ कस्तो छ त ? थाहा पाइराख्नुहोस् :

मेष :
तपाईंको ठूलो लक्ष्य पूरा गर्न दिन अनुकूल हुनेछ। केही विशेष व्यक्तिसँग भेटघाटको मौका मिल्नेछ। योजनाबद्ध रूपमा अघि बढ्दा काम सहजै सम्पन्न हुनेछ। कार्यक्षेत्रमा क्रोध नियन्त्रण गर्नुपर्छ। बैंकिङ क्षेत्रमा कार्यरत व्यक्तिले राम्रो योजना छनोट गर्न सक्छन्।

वृष :
आज सकारात्मक परिणाम आउनेछ। घरमा अतिथिको आगमनले वातावरण उल्लासपूर्ण बनाउनेछ। लगानीसम्बन्धी विषयमा ध्यान दिनुपर्छ। दाजुभाइबीचको असमझदारी हट्नेछ। कामका लागि दौडधूप बढ्नेछ।

मिथुन :
मिश्रित परिणाम दिने दिन छ । सामाजिक कार्यक्रमहरूमा सहभागिता हुने सम्भावना छ। जीवनसाथीको कार्यक्षेत्रमा समस्या देखिन सक्छ। पुरानो रोगले सताउन सक्छ, सचेत रहनुहोला ।

कर्कट :
धार्मिक कार्यमा रुचि बढ्नेछ। छोराछोरीले जागिर पाएर खुसी ल्याउनेछन्। जिम्मेवारीप्रति ध्यान दिनुपर्छ। कानूनी मामिलामा जीत मिल्न सक्छ।

सिंह : 
मेहनतले उपलब्धि मिल्नेछ। कार्यक्षेत्रमा योग्यता अनुसार काम पाइनेछ। परिवारमा करियरसम्बन्धी महत्त्वपूर्ण निर्णय लिनुपर्नेछ। पारिवारिक विवाद शान्तिपूर्वक समाधान गर्नु उत्तम हुनेछ।

कन्या :
लगनशील भएर काम गर्नुपर्ने दिन छ। आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। कुनै पुरानो समस्या समाधान हुनेछ। सावधानी नअपनाउँदा समस्या हुन सक्छ। पुराना गल्तीबाट पाठ सिक्नुपर्नेछ।

तुला :
प्रसन्नतायुक्त दिन छ। काममा सक्रियता बढ्नेछ। नयाँ यात्राको सम्भावना छ। छोराछोरीप्रति ध्यान दिनुपर्छ।

वृश्चिक :
मिलेजुलेको दिन छ। कार्यक्षेत्रमा समयको सदुपयोग गर्नुपर्छ। सम्पत्तिमा लगानी लाभदायक हुनेछ। मनको इच्छा पूरा भएर खुशी मिल्नेछ।

धनु :
अनुभवबाट फाइदा हुनेछ। आफ्नो उद्देश्यप्रति केन्द्रित रहनुपर्छ। बेकारको क्रोधले समस्या निम्त्याउन सक्छ। सचेत  रहनुहोला । 

मकर :
जिम्मेवारीले भरिएको दिन छ। सम्पत्ति किनबेचको योजना बन्न सक्छ। साझेदारीमा सावधानी अपनाउनुपर्छ। आध्यात्मिकतामा रुचि बढ्नेछ।

कुम्भ :
समस्या समाधान हुने दिन छ। आर्थिक प्रयास सफल हुनेछन्। व्यवसायिक सम्झौतामा छुटकारा मिल्नेछ। परिवारमा मनमुटाव हुनसक्छ। ध्यान दिनुहोला । 

मीन :
जीवनसाथीसँग सम्बन्धित निर्णय विचारपूर्वक लिनुपर्छ। सकारात्मक सोचले कार्यक्षेत्रमा फाइदा हुनेछ। नेतृत्व क्षमतामा वृद्धि हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्