२४ जेठ २०८३, आइतबार

काठमाडौंमा ‘जुम्ली भैलो’को रौनक [तस्वीरहरू]

पुस १६, २०८१
काठमाडौं
काठमाडौंमा ‘जुम्ली भैलो’को रौनक [तस्वीरहरू]

नेपालका अधिकांश क्षेत्र र समुदायमा कात्तिक कृष्ण औंसी अर्थात् तिहारमा खेलिने देउसी भैलो प्रख्यात छ । तर, कर्णाली प्रदेशको जुम्ला क्षेत्रमा भने पुस कृष्ण औंसीदेखि पाँच दिनसम्म जुम्ली भैलो खेल्ने चलन रहेको छ ।

स्थानीय जनश्रुतिका अनुसार जुम्ली भैलो प्रचलनबारे अनेक प्रसंग छन्, जसले यसको मौलिकता र विशिष्टता उजागर गर्छ। बाह्य संस्कृतिको प्रभावले यस्ता मौलिक संस्कृति विस्तारै ओझेल पर्दै र हराउँदै गएका छन्।

प्रायः नेपालीले तिहारमा खेल्ने भैलोका बेलामा पर्ने कात्तिक कृष्ण औंसीका दिन अर्थात् दीपावलीको दिन गाईपूजा हुन्छ। जुम्लातिर पुस कृष्ण औंसीको दिनलाई भट्ट्या औंसी पनि भनिन्छ। त्यो दिन गाईगोरुलाई भटमास पकाएर दिन्छन्। नुन दिन्छन्। कागलाई पनि खाने कुरा दिन्छन्। 

null

सोही अवसरमा जुम्लाका विभिन्न स्थानबाट काठमाडौंमा बसोबास गर्ने जुम्लाबासीहरूले पनि ‘जुम्ली भैलो’ मनाएका छन् । हिजो पुस कृष्ण औंसीदेखि जुम्लाका विभिन्न स्थानमा खेलिने भैलो बसाइँसराइका कारण काठमाडौंमा पनि मनाइने गरेको धनादेवी पाण्डेले बताइन् । 

जुम्लामा साँझमा खेलिने भए पनि काठमाडौंमा त्यो सम्भव नभएका कारण दिनमा भैलो खेल्न टुँडिखेलमा जम्मा भएको पाण्डेले बताइन् । आफ्नो संस्कार, संस्कृति बचाउन, देउडा खेल्न, सुखदुःखको कुरा गर्न काठमाडौंमा भैलो खेल्न थालिएको पाण्डेले बताइन् । 

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्