१० साउन २०८३, आइतबार

चिसोमा मधुमेहका बिरामीले के खाने ? यस्ता छन् खानै नहुने ७ चीज

पुस २०, २०८१
काठमाडौं
चिसोमा मधुमेहका बिरामीले के खाने ? यस्ता छन् खानै नहुने ७ चीज

चिसो समयमा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सक्नुपर्छ, नत्र यसले ठूलो असर ल्याउँछ । मधुमेहका बिरामीले यो मौसममा धेरै नै ख्याल राख्नुपर्छ । विज्ञका अनुसार चिसो मौसममा मधुमेहका बिरामीले खानामा लापरबाही गरेमा ठूलो हानी हुन्छ । 

यहाँ मधुमेहका बिरामीहरूले चिसो समयमा खान नहुने केही खानेकुराहरूबारे बताइएको छ  ।

चिसोमा मधुमेहका बिरामीले खान नहुने कुराहरू के-के हुन् ?

तेल भएको वा मसलेदार खाना 

मधुमेहका बिरामीहरूले यस मौसममा तेलमा धेरै पकाइएको वा मसला धेरै राखेर पकाइएको खानेकुरा नखाएकै बेस हुन्छ । परौठा, मकैको रोटी, पुरी, समोसाजस्ता खानेकुरा यस समयमा नखानुहोस् । यसले हाम्रो पाचन प्रणालीलाई समेत कमजोर बनाउँछ । मधुमेहका बिरामीले यस समयमा यस्ता खानेकुरा नखाएकै राम्रो हुन्छ ।

सुन्तला

भिटामिन सीले भरिपूर्ण हुने सुन्तला हाम्रो इम्युनिटी बढाउनका लागि राम्रो मानिन्छ । तर सुन्तलामा चिनीको मात्रा अत्यधिक हुन्छ । यसले मधुमेहका बिरामीहरूलाई राम्रो गर्दैन । यसकारण चिसो समयमा मधुमेहका बिरामीहरूले सुन्तला खानुबाट बच्नुपर्छ । बजारमा पाइने प्याकेज गरिएका जुसहरू पनि खानु हुँदैन ।

बोसोसहितको मासु

मधुमेहका बिरामीहरूले चिसो समयमा बोसो भएको मासु खानु निकै घातक हुन्छ । यसमा भएको बोसो मधुमेहका बिरामीका लागि निकै घातक हुन्छ । यसका साथै रातो मासुसमेत नखानका लागि जनस्वास्थ्य विज्ञहरूले सल्लाह दिने गरेका छन् । 

तेलमा तारिएको खाना

चिसो समयमा तेलमा धेरै बेर तारिएको खानेकुरा खानबाट टाढै रहनुहोस् । यसमा भएको चिल्लो पदार्थले शरीरको लागि राम्रो गर्दैन । चिप्स, पकौडा जस्ता खानेकुराहरू तेलमा धेरै नै तारेर बनाइन्छ । मधुमेहका बिरामीहरूले यी चिज खानबाट बच्नुपर्छ । 

अल्कोहल

इन्सुलिन लिने बिरामीहरूमा हाइपोग्लिसिमियाको खतरा हुन्छ । यसकारण यस्ता बिरामीहरूले अल्कोहल सेवन गर्नु सामान्य मानिसहरूले सेवन गर्नुको तुलनामा धेरै खतरा हुन्छ।  त्यसकारण मधुमेहका बिरामीहरूले अल्कोहल सेवनबाट टाढै बस्नुपर्छ । 

सोडा तथा गुलियो खाना

मधुमेहका बिरामीहरूले सोडा तथा चिनीको मात्रा धेरै राखिएको खानेकुरा खानु उचित हुँदैन । बजारमा पाइने सुप, जुस वा प्याकेटमा बन्द गरिएका खानेकुराहरूमा यस्तो चीज धेरै राखिन्छ ।​

मह

महमा कार्बोहाइड्रेटको मात्रा एकदम धेरै हुन्छ । यसले शरीरलाई उर्जा त दिन्छ तर मधुमेहका बिरामीहरूका लागि भने सताउँछ । बजारमा पाइने मह झन् विकारयुक्त हुन्छ । त्यसकारण मधुमेहका बिरामीहरूले यी चीजहरूको सेवनबाट टाढै रहनु उपयुक्त हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्