![राप्रपा र राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री ओली [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/rajendra_kp_xfhpuIs0L8.jpg)
प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सहभागी बनेका छन् ।
पृथ्वीनारायण शाहको ३०३औं जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज आयोजित चियापान कार्यक्रममा उनी सहभागी बनेका हुन् ।
भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले स्वागत गरेका थिए ।
राप्रपा नेपालद्वारा आयोजित कार्यक्रममा पनि उनलाई कमल थापालगायतका नेताहरूले स्वागत गरेका थिए ।
तस्वीहरू स्रोत : प्रधानमन्त्री ओलीको सचिवालय










