०९ असार २०८३, मंगलबार

चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने

माघ १, २०८१
काठमाडौं
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने

नेपाली चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र चैत्र १५ देखि देशभरका सिनेमा घरमा प्रदर्शन हुने घोषणा गरिएको हो । 

विजय बस्यालले डिजाइन गरेको पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ । पोस्टरमा प्रस्तुत पात्रको शक्तिशाली हाउभाउले दर्शकलाई कथामा समावेश हुने सङ्घर्ष, रहस्य, र गहन भावनालाई सङ्केत गर्छ । चलचित्रका कलाकार वीरेन्द्र सिंह कुशवाहाको क्रोधित अनुहारले कथाको द्वन्द्व र चरित्रहरूको गहिराइलाई प्रतिनिधित्व गरेको छ ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । यसमा अनुभवी र नव-प्रवेशी कलाकारहरूको संयोजन रहेको छ, जसमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय रहेको छ ।

चलचित्रमा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् । ‘डोरी’मा स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।

निर्देशक लामाका अनुसार यो चलचित्रले कथावस्तु, अभिनय, र प्राविधिक पक्षमा नवीनता ल्याउनेछ । पोस्टर सार्वजनिकसँगै यस चलचित्रप्रति दर्शकको चासो र प्रतीक्षा बढ्ने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्