०३ असार २०८३, बुधबार

५ दशमलव ०८ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार

माघ ८, २०८१
काठमाडौं
५ दशमलव ०८ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५ दशमलव ०८ अंकले बढेको छ ।

मंगलबार नेप्से शून्य दशमलव १९ प्रतिशतले बढेर २६१३.०८ विन्दुमा पुगेको हो । 

सोमबार नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७ दशमलव ९९ अंकमा पुगेर अडिएको थियो । 

आज १०६ कम्पनीको मूल्य बढ्दा १२९ को घट्यो भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

आज १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८९१ दशमलव १८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८ र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बीमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ ।

त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बीमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ । ​

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्