२८ जेठ २०८३, बिहीबार

स्कुल बसको ठक्करबाट पर्सामा साइकल यात्रीको मृत्यु

माघ ८, २०८१
विरगञ्ज
स्कुल बसको ठक्करबाट पर्सामा साइकल यात्रीको मृत्यु

स्कुल बसको ठक्करबाट मंगलबार वीरगञ्जमा एक जना साइकल यात्रीको मृत्यु भएको छ । 

तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसको ठक्करले बाराको फेटा गाउँपालिका-५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो । 

उक्त बसले साइकल यात्री अन्सारीलाई वीरगञ्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो ।

बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारको लागि नारायणी अस्पतालमा पुर्‍याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र  बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्