०९ साउन २०८३, शनिबार

मिसिङः केटी हराएको सूचना’को प्रिमियर शो गरियो

माघ ९, २०८१
काठमाडौं
मिसिङः केटी हराएको सूचना’को प्रिमियर शो गरियो

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को आज प्रिमियर भएको छ । ललितपुरको लबिम मलमा रहेको क्युएफएक्समा फिल्मको प्रिमियर गरिएको हो । 

प्रिमियरमा मदन कृष्ण श्रेष्ठ ,हरिवंश आचार्य , प्रियंका कार्की , आयुश्मान जोशी लगायत विभिन्न क्षेत्र बाट उपस्थिति रहेको थियो । 

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो । फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णलगायतको अभिनय छ । 

salt training

कमेन्ट गर्नुहोस्