
बिहीबार काठमाडौंको असनमा लागेको आगो नियन्त्रणमा आएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
बिहीबार दिउँसो करिब ३ बजेर १७ मिनेटमा काठमाडौं महानगरपालिका-२७ स्थित असनको एक घरमा आगो लागेको थियो ।

आगो नियन्त्रणमा लिन नेपाली सेनाको नरसिंहदल गण, रणभैरव गण र शार्दुलजंग गुल्मबाट फायर फाइटिङ टोली परिचालित भएका थिए ।
क्षतिको विवरण भने आइसकेको छैन ।