२७ जेठ २०८३, बुधबार

बेहुली बनेकी नीहारलाई देखेर रोकियो बेहुलाको सास, अरु हेरेको हेर्‍यै !

माघ २१, २०८१
काठमाडौं
बेहुली बनेकी नीहारलाई देखेर रोकियो बेहुलाको सास, अरु हेरेको हेर्‍यै !

परम्परागत एउटा मान्यता छ, महिलाको सौन्दर्यलाई झल्काउन कपाल महत्त्वपूर्ण हुन्छ। सुन्दरताको बयान गर्न कविहरूले समेत कपाललाई विशेष स्थान दिएका छन्। 

‘यो रेशमी कपाल’ वा ‘कालो-कालो कपाल’ जस्ता गीतहरूमा सुन्दर महिलालाई वर्णन गर्न कपाललाई जोडिएको पाइन्छ। तर, के होला यदि कुनै महिलाको टाउकोमा एक थान पनि कपाल छैन र उसले विवाहमा बेहुलीको पहिरनमा प्रवेश गरेपछि बेहुलाको सास नै रोकिएला ?

भारतीय मूलकी अमेरिकी डिजिटल क्रिएटर नीहार सचदेवा जब बेहुली बनिन्, त्यही दृश्य देखियो। उनी सानैबाट एलोपेसिया एरिटाबाट पीडित हुन् । उनले आफूलाई स्वीकार्दै बिग (नक्कली कपाल) समेत नलगाई विवाहको मण्डपमा पाइला टेकेकी थिइन्। 

बाल्यकालमै एलोपेसिया भएको कारण उनको कपाल झरेको थियो। परिवारले उनलाई बिग लगाएर टाउको ढाक्न सुझाव दिए पनि नीहारले आफैंलाई स्वीकार्दै टाउको मुण्डन गरिन्। त्यति मात्र होइन, उनको तक्लुपनलाई जिस्काउनेहरूलाई पार्टीमा निमन्त्रणा दिइन् र बिनाबिग आफ्नो सुन्दरतालाई गर्वसाथ प्रस्तुत गरिन्।

null

अब, बेहुलीको पहरिनमा सिंगारिएर मण्डपमा उभिएकी नीहारलाई देख्न पाउनु सबैका लागि विशेष क्षण बन्यो। जहाँ आफ्नी सुन्दर बेहुलीलाई देखेर बेहुलाको सासै रोकिएजस्तो भयो, त्यहीँ ‘गन्जी केटीसँग कसले विवाह गर्छ ?’ भन्नेहरू पनि निरुत्तर भए। यसअघि पनि नीहार ‘The Bald Brown Bride’ अभियानका लागि बेहुली बनिसकेकी थिइन्।

‘गन्जी बेहुली’ नीहार सचदेवाको विवाह
भारतमा जन्मिएकी तर अमेरिकामा बसोबास गर्दै आएकी नीहार सचदेवाले १९ जनवरी २०२५ मा अरुण वी. गणपथीसँग विवाह गरेकी छिन्। यस जोडीले आफ्नो विवाहका खुसियाली भरिएका तस्वीर र भिडियोहरू शेयर गर्दै क्याप्सनमा विवाहको विशेषता उल्लेख गरेका छन्। बिनाबिग बिहेको रातो पहिरनमा सजिएकी नीहार निकै सुन्दर देखिएकी थिइन् भने आइभोरी शेर्वानीमा रहेका अरुणको लुक राजसी देखिएको थियो।

नीहार सचदेवाले आफ्नो विशेष दिनका लागि गह्रौं भरिएको रातो लेहङ्गा लगाएकी थिइन्। प्लीट्स डिजाइन भएको लेहङ्गामा सूक्ष्म कलाकारीका साथ एम्ब्रोइडरी गरिएको थियो। 

पर्ल, स्टोन, सिक्विन तथा झिलिमिली हरिया पातहरूले यसलाई थप आकर्षक बनाएका थिए। उनको ब्लाउज पनि विस्तृत आकर्षक बुट्टायुक्त भएकाले निकै भव्य देखिन्थ्यो। तर, उनले हल्का तौलको दुपट्टा बोकेकी थिइन्, जसको किनारामा पनि सूक्ष्म कलात्मक बुट्टा भरिएको थियो।

null

बिनाबिग सुन्दरताको प्रदर्शन
सबैभन्दा विशेष कुरा के रह्यो भने नीहारले आफ्नो विवाहको दिन पनि बिग नलगाई गन्जै टाउकोमा मात्र मांग टीका पहिरिइन्। उनले सेतो र हरियो स्टोनले बनेको गह्रौं गहना लगाएकी थिइन्, जसको मेल खाने ड्रप इयररिङले उनको सौन्दर्यता थप उज्यालो बनाएको थियो। 

दुवै हातमा लगाएका रातो चुरा, सेतो बाला र हातफूलले उनको बेहुली लुक्सलाई थप निखार दिएको थियो। उनको दुलही श्रृंगार अन्य बेहुलीहरूजस्तै अत्यन्त मनमोहक देखिन्थ्यो।

salt training

कमेन्ट गर्नुहोस्