१६ असार २०८३, मंगलबार

सिद्धार्थ बैंकले दियो कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री

माघ २२, २०८१
काठमाडौं
सिद्धार्थ बैंकले दियो कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री

सिद्धार्थ बैंक लिमिटेडले नवलपुरको देवचुली नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।​

बैंकको दलदले शाखाका प्रबन्धक त्रिविक्रम लामिछानेले एक कार्यक्रमका बीच विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तरक्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले रोटरी क्लबको समन्वयमा उक्त सामग्री प्रदान गरिएको बैंकले जनाएको छ।

null

बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग गरेको थियो । विपन्न बालबालिकाहरूका लागि छात्रवृत्ति पनि बैंकले प्रदान गर्दै आएको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुऱ्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ । 

आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बैंकको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्