२९ जेठ २०८३, शुक्रबार

सुर्खेतमा झोलुङ्गे पुल निर्माणका क्रममा नदीमा खसेर दुई जना बेपत्ता

माघ २३, २०८१
काठमाडौं
सुर्खेतमा झोलुङ्गे पुल निर्माणका क्रममा नदीमा खसेर दुई जना बेपत्ता

सुर्खेतमा झोलुङ्गे पुल निर्माणका क्रममा भेरी नदीमा खसेर दुई जना मजदुर बेपत्ता भएका छन् । 

बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा नदीमा खसेर दुई जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरूको खोजी थालिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्