
ठमेलस्थित देशकै ठूलो नाइट क्लब एलओडीले छैटौं वार्षिकोत्सव मनाउने भएको छ ।
स्थापना भएको ६ वर्ष पूरा गर्दै क्लबले ६ दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमाझ वार्षिकोत्सव मनाउने भएको हो ।
क्लबले यही माघ २६ र २८ गते भव्यताका साथ वार्षिकोत्सव मनाउने जनाएको छ । यसका साथै फागुन १, २, ८ र ९ गते गरी कूल ६ दिनसम्म क्लबले वार्षिकोत्सव मनाउने भएको छ ।
क्लबका अनुसार पहिलो दिन अर्थात् माघ २६ गते पूर्ण राई एन्ड दाजुभाइ, श्रीगो एन्ड द गेन र लिसियस प्रस्तुति हुनेछ ।
माघ २८ गते कुमासागर एन्ड द ख्वापले पस्तुति दिनेछन् ।
यसका साथै फागुन १, २, ८ र ९ गते क्रमशः समीर श्रेष्ठ (एफटी गुड ब्वाइज), दोङ, टप हन्डेट डिजे क्युब्रिक्स र कर्मा ब्यान्डसँगै कुटुम्बको प्रस्तुति हुनेछ ।
एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । गत महिनामा मात्रै एलओडी क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परिसकेको छ ।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागिता रहने गर्छन् ।
