०३ असार २०८३, बुधबार

तनहुँका जनताले यसपटक रामचन्द्रजीलाई राजनीतिक विश्राम दिँदैछन् : किसान श्रेष्ठ [भिडियो अन्तर्वार्ता]

तनहुँका जनताले यसपटक रामचन्द्रजीलाई राजनीतिक विश्राम दिँदैछन् : किसान श्रेष्ठ [भिडियो अन्तर्वार्ता]

तनहुँ, ५ मंसिर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिस्पर्धामा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले २०४८ सालदेखिको कांग्रेसको गढ यसपटक ढल्ने दाबी गरेका छन् ।  


चुनाव प्रचारका क्रममा रहेका श्रेष्ठले तनहुँको विमलनगरमा लोकान्तरसँग कुरागर्दै तनहुँका जनताले यसपटक स्वाद फेर्न चाहेको बताएका हुन् । २०७० सालको संविधानसभा चुनावमा कांग्रेसका पौडेलसँग पराजित श्रेष्ठले यसपटक नतिजा उल्टाउने दाबी गरे ।


‘रामचन्द्र पौडेललाई तनहुँका जनताले पटक पटक हेरिसकेका छन्, यसपटक नतिजा उल्टिनेवाला छ’ उनले भने, ‘वामपन्थी सरकार बनेपछि बृद्धभत्ता बढाउछ, रामचन्द्र पौडेल देवघाटमा गएर बसे हुन्छ । चुनाव जितेमा आफूले विकास गर्ने उनले दावी गरे । 


‘शेरबहादुर देउवाले आफू नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताइसकेकोले तनहुले फेरि पौडेललाई जिताएर केहि पाउँदैन’ श्रेष्ठको दावी छ, ‘तनहुमा यसपटक वामपन्थीले चमत्कार गर्दैछन् ।’

हेर्नुहोस् भिडियो

स्थिति अप्ठेरो भएपनि चुनाव जित्दैछु : रामचन्द्र पौडेल [भिडियो अन्तर्वार्ता]

salt training

कमेन्ट गर्नुहोस्