०५ साउन २०८३, मंगलबार

भीष्मराज आङदेम्बेको प्रश्न- नेपालले साँच्चै भारतको सीमा मिचेको हो सभामुख महोदय ?

जेठ २७, २०८३
काठमाडौं
भीष्मराज आङदेम्बेको प्रश्न- नेपालले साँच्चै भारतको सीमा मिचेको हो सभामुख महोदय ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले भारतको सीमा साँच्चै मिचेको हो ? भन्दै सभामुख डोलप्रसाद अर्याललाई प्रश्न गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्‌मा दिएको अभिव्यक्तिलाई स्मरण गर्दै उनले सभामुख अर्याललाई प्रश्न गरेका हुन् ।

'के तपाईंलाई लाग्छ नेपालले भारतको सीमा साँच्चै मिचेको हो सभामुख महोदय,' उनले भने, 'हामीले यही सवाललाई लिएर सदन अवरोध गरिरहेका छौं, तर प्रधानमन्त्री सदनमा उपस्थित हुने कुराको कुनै गुञ्जायस नै छैन ।' 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । ‘दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनु भयो,’ उनले भने । 

सिमाना विवादको विषयमा ढोल बजाएर समाधान नहुने आफूहरूलाई पनि थाहा भएको उनले बताए । ​

नेता आङदेम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।​

कांग्रेसले राष्ट्रिय स्वाभिमान र सङ्कटका समयमा पार्टीको लाभ हानी नहेरी देशको लाभ हानी हेरेर निर्णय गर्दै आएको स्मरण गर्दै उनले अहिले सरकारका सवालमा पनि त्यही नीति लागू हुने स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्