०८ साउन २०८३, शुक्रबार

कीर्तिपुर पुगेर स्वास्थ्यमन्त्री पौडेलले लिए जलनपीडित बिरामीको उपचारबारे जानकारी

माघ २७, २०८१
काठमाडौं
कीर्तिपुर पुगेर स्वास्थ्यमन्त्री पौडेलले लिए जलनपीडित बिरामीको उपचारबारे जानकारी

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरूको उपचार अवस्थाबारे जानकारी लिएका छन् ।

मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

काठमाडौं-२८ कमलपोखरीस्थित एक म:म: आउटलेटमा भएको आगलागीका क्रममा जलेर घाइते बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले बिरामीका गुनासा समेत सुने ।

मन्त्री पौडेलले अस्पतालका अधिकारीहरूसँग अन्तरक्रिया गर्दै निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न आग्रह गरे ।

‘आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौं’, मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला ।’

उनले जलन प्रभावितहरूको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्या तथा बिरामीका गुनासा दुवै सुने । उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्‍याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए ।

मन्त्री पौडेलले आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत दुई करोड रूपैयाँ निकासा गरेको जानकारी दिए । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समस्या भोगेका बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्