
काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना भएको छ । आइतबार अपरान्ह दक्षिणकाली नगरपालिकास्थित भन्ज्याङमा बस दुर्घटना भएको हो ।
दुर्घटनामा परेको बस जुनकिरी स्कुलको भएको र त्यसमा सवार २५ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल बोहोराले जानकारी दिए ।
अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेको उनले बताए ।