२८ जेठ २०८३, बिहीबार

दक्षिणकाली स्कुल बस दुर्घटना : दुई जनाको मृत्यु

माघ २७, २०८१
काठमाडौं
दक्षिणकाली स्कुल बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।   

दक्षिणकाली नगरपालिकास्थित भन्ज्याङमा जुनकिरी इंग्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिलराज बोहोराले जानकारी दिए । 

विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको एसपी बोहोराले बताए ।

salt training

कमेन्ट गर्नुहोस्