०३ असार २०८३, बुधबार

भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

माघ २८, २०८१
धरान
भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी पुलमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । 

सोमबार चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १–०२–००च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटर चालकलाई ठक्कर दिँदा धनकुटा सहिदभूमि गाउँपालिका–१ का २५ वर्षीय समर राई गम्भीर घाइते भएका थिए । 

घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमका लागि पठाइएको छ ।

ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्