०२ असार २०८३, मंगलबार

दोहोरो अङ्कले बढ्यो नेप्से, साढे ९ अर्बको कारोबार

फागुन ४, २०८१
काठमाडौं
दोहोरो अङ्कले बढ्यो नेप्से, साढे ९ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १९.५६ अङ्कले बढेर २६९८.०३ को विन्दुमा कायम भएको हो ।

यस दिन बजारमा २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से ७.२६ अङ्कले घटेर २६७८.४७ को विन्दुमा बन्द भएको थियो । 

आज विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै, न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्