०३ असार २०८३, बुधबार

लगातार चौथो दिन शेयर बजार हरियो, ३ अंकले बढ्यो नेप्से

फागुन ८, २०८१
काठमाडौं
लगातार चौथो दिन शेयर बजार हरियो, ३ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा कायम भएको छ ।

चार दिनदेखि लगातार बढेको नेप्से बलियो रेसिस्टेन्ट नजिक झिनो अंकले बढेर बन्द भएको छ । बिहीबार ८ अर्ब ६२ करोड बराबरको कारोबार भएको छ ।

बिहीबारको वृद्धिलाई ट्रेडिङ र लाइफइन्स्योरेन्सले सबैभन्दा बढी योगदान गर्‍यो । 

ट्रेडिङ इन्डेक्स ३.७७ र लाइफ इन्स्योरेन्स २.४२ प्रतिशतले बढ्दा ननलाइफ र अदरले पनि साथ दिए । बाँकी सबै सेक्टरमा गिरावट देखियो ।  

salt training

कमेन्ट गर्नुहोस्