२९ जेठ २०८३, शुक्रबार

दैलेखको राकममा चैतभित्रै स्याटेलाइट अस्पताल सञ्चालनमा आउने

फागुन ९, २०८१
सुर्खेत
दैलेखको राकममा चैतभित्रै स्याटेलाइट अस्पताल सञ्चालनमा आउने

दैलेखको नयाँ शहर राकम कर्णालीमा ५० बेडको स्याटेलाइट अस्पताल चैत मसान्तभित्रै सञ्चालनमा आउने भएको छ । भवन हस्तान्तरण भएको दुई सातामै विशेषज्ञ सेवा शुरू गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति मंगल रावलले बताए ।

आठबिस नगरपालिका–४ राकममा रहेको अस्पताल पालिका, प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रतिष्ठानले बनाएका हुन् । आठबिस नगरपालिका नगरप्रमुख खड्गराज उपाध्याय  र प्रतिष्ठानका उपकुलपति मंगल रावलबीच १० फागुन २०७६ मा अस्पताल सञ्चालनको जिम्मा लगाउने निर्णय भएको थियो । 

त्योबेला नगरपालिका र प्रतिष्ठानबीच एक सय श्य्यासहितको शिक्षण अस्पताल सञ्चालन गर्न कर्णाली प्रदेश र संघ सरकारसँग सहयोग माग्ने सम्झौता गरेका थिए । त्यस्तै, यही पुष १९ गते बसेको नगर सभाले आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । 

नगरपालिकाले आधारभूत अस्पतालका रूपमा विकास गर्न लागेको अस्पताललाई प्रतिष्ठानको मातहतमा रहनेगरी संघीय सरकारले प्रक्रिया थालेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सेनाले बताए ।

विगतको सम्झौताअनुसार नगरपालिकाले राकम कर्णालीस्थित अस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ । विशेषज्ञ सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सक खटाउँदै आएको स्वास्थ्य शाखाले जनाएको छ । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, इसीजी ल्याबसहित फार्मेसी चलाइरहेको छ ।

null

‘प्रतिष्ठानको स्याटलाइट अस्पताल बनेमा कालिकोट, दैलेख, बाजुरा, बझाङ, अछाम, हुम्ला र मुगुका बिरामी लैजान सहज हुनेछ । यसबाट कर्णाली र सुदूरपश्चिमका झण्डै नौ लाख जनसंख्याले सेवा लिन सक्ने छन्,’ वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर माझीले भने, ‘अस्पतालको भवन निर्माण सम्पन्न हुन लागेको छ । अस्पताल भवन निर्माण पूरा भएलगत्तै यस क्षेत्रका नागरिकले विशेषज्ञ सेवासहितको उपचार सेवा पाउनेछन् ।’

अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गरेर गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित तत्काल आधारभूत अस्पताल स्तरवृद्धि गरेर ५० श्य्याको चलाउने योजना रहेको प्रतिष्ठानका उपकुलपति डा. रावलले बताए । 

null

‘हामीलाई यो महिनामा भवन हस्तान्तरण गरेको खण्डमा दुई सातामै अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौं,’ डा. रावलले भने, ‘हाल जुम्लामा १०२ जना विशेषज्ञ डाक्टर छन् । तीमध्ये हामी तत्काल सात जना विशेषज्ञ डाक्टर राकम कर्णालीमा खटाउन सक्छौं ।’ 

उनकाअनुसार भवन हस्तान्तरण भएको खण्डमा हड्डीरोग विशेषज्ञ, जनरल, गाइनो, सर्जरी, डेण्टललगायत विशेषज्ञ सेवा प्रवाह हुनेछ भने त्योसँगै स्टाफ नर्स, अन्य आवश्यक कर्मचारी पनि प्रतिष्ठानले खटाउने छ ।

उनले अस्पताल सञ्चालनका लागि तत्काल पालिका, प्रदेश र संघ सरकारले केही समस्या समाधान गरिदिनुपर्ने बताए । ‘कर्णाली राजमार्गबाट अस्पताल जाने दुई सय मिटर बाटो कालोपत्रे गर्न आवश्यक छ । त्यसका अलावा राजनीतिक सहमति पनि आवश्यक छ,’ उनले भने, ‘खानेपानीको समस्या पनि छ । त्यो व्यवस्थापनमा सबै लाग्नुपर्‍यो ।’

null

यता, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले हाल ५० श्य्याको अस्पताल सञ्चालन गर्ने र संघीय सरकारले एक अर्ब ७२ करोड बजेट व्यवस्थापन गरिदिए तीन सय बेडको अस्पताल सञ्चालन गर्नेगरी आफूहरू अघि बढेको बताए ।

‘हामी राकममा अस्पताल निर्माण र सञ्चालनका लागि आवश्यक पहल गर्दै आइरहेका छौं । हालका सानातिना समस्याहरू प्रदेश सरकारबाटै समाधान गर्ने र ठूला संरचना निर्माणका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेका छौं,’ प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले भने, ‘अस्पताल सञ्चालनका लागि यो वा त्यो बहाना गर्नेभन्दा पनि नतिजा आउनेगरी खटिरहेका छौं ।’ 

नगरप्रमूख तर्कबहादुर बडुवालले राकममा अस्पताल निर्माणका लागि प्रतिष्ठानलाई पालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

salt training

कमेन्ट गर्नुहोस्