
नवीनतम् र उत्कृष्ट प्रविधि ल्याउन प्रतिबद्ध ब्रान्ड टेक्नोले डीपसीक एलएलएमलाई समावेश गरेर आफ्ना स्मार्टफोनहरूलाई नयाँ स्तर प्रदान गरेको छ । यस समायोजनले टेक्नो अझ स्मार्ट र द्रुत बनेको कम्पनीले जनाएको छ ।
डिपसिक एलएलएमले टेक्नो फोनहरूलाई अद्भूत एआई क्षमताहरू प्रदान गर्ने र त्यसले भ्वाइस कमान्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र उपयोगी टुल्सहरू पहिलेभन्दा उन्नत र सहज रूपमा काम गर्दछ।
डिपसिक एलएलएमसँग टेक्नो एआईले दैनिक कार्यहरूलाई सजिलो र छिटो बनाउँछ जसले विद्यार्थी, व्यवसायी वा प्रविधि प्रेमीहरूको दैनिक दक्षतामा वृद्धि गर्ने कम्पनीले उल्लेख गरेको छ।
टेक्नोले ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीजस्ता प्रिमियम सुविधाहरूसहित किफायती मूल्यमा अत्याधुनिक प्रविधिहरू प्रदान गर्दै नेपालमा ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।
डिपसिक एलएलएममार्फत टेक्नोले एआई इनोभेसनमा नयाँ बेन्चमार्क सेट गर्नलागेको कम्पनीले जनाएको छ।