२५ जेठ २०८३, सोमबार

निरन्तर जनादेश गुमाएपछि प्रचण्डमा तीव्र निराशा र छट्पटाहट छ : शंकर पोखरेल

फागुन १४, २०८१
काठमाडौं
निरन्तर जनादेश गुमाएपछि प्रचण्डमा तीव्र निराशा र छट्पटाहट छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निरन्तर जनादेश गुमाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा तीव्र निराशा र छट्पटाहट देखिन थालेको बताएका छन् ।

सरकारको नेतृत्वमा रहँदा प्रचण्डले अवलम्बन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको पोखरेलको टिप्पणी छ। 

बुधबार साँझ सामाजिक सञ्जालमा एक टिप्पणी जारी गर्दै उनले आउँदो निर्वाचनबाट ‘कथित म्याजिक नम्बर’को नाममा साना दलले ठूला दलहरूमाथि शासन गर्ने स्थिति अन्त्य गर्नुपर्ने समेत बताएका छन् । 

त्यसका लागि सबै राजनीतिक दलले आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नुपर्ने पोखरेलले बताएका छन् । 

एमाले र नेपाली कांग्रेसको सहयोगमा सत्ता समीकरणको ‘कथित म्याजिक नम्बर’ पाउन सफल प्रचण्डले ती दलहरूको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठूला भएको हास्यास्पद दाबी गरेको पोखरेलको टिप्पणी छ। 

‘साँच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दूश्चक्रबाट मुलुकलाई बाहिर निकाल्ने हो राजनीतिक ध्रुवीकरणको बाटोमा जानु आवश्यक छ’, पोखरेलले लेखेका छन्, ‘त्यसका लागि अब आउने चुनावमा सबै राजनीतिक दलले आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ । यस्तो भएमा कथित म्याजिक नम्बरको नाममा साना दलले ठूला दलहरूमाथि शासन गर्ने स्थिति अन्त्य हुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्