०९ साउन २०८३, शनिबार

दुई सिफ्ट अपरेसन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

फागुन १५, २०८१
काठमाडौं
दुई सिफ्ट अपरेसन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेसन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेसन गर्नेगरी व्यवस्थापन गरिएको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले बताए ।

‘अहिले एक सिफ्टमा भइरहेको छ’, उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेसन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’

निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरण थपिएको बताए । ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएको उनले बताए ।

‘बाहिर प्रयोगका लागि गइरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ’, डा. गौतमले भने । 

डा. गौतमले वीरमा यसअघि दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्‍याइसकेको बताए । 

यस्तै, वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भइरहेको निमित्त निर्देशक डा. गौतमले बताए । 

‘हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं’, उनले भने, ‘यसको नतिजा पनि चाँडै देखिनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्