२४ असार २०८३, बुधबार

नेपाल लाइफको ‘छुट्ला है छुट’ योजना सार्वजनिक

फागुन १५, २०८१
काठमाडौं
नेपाल लाइफको ‘छुट्ला है छुट’ योजना सार्वजनिक

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है छुट’ योजना सार्वजनिक गरेको छ । 

यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरूले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरूमा फागुन १५ देखि आउँदो जेठ १३ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए ।

उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकका लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरू समयमा नै नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् । 

साथै, बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न सीईओ पराजुलीको आग्रह छ । 

salt training

कमेन्ट गर्नुहोस्