२६ असार २०८३, शुक्रबार

एसीसी यू–१९ वुमेन्स प्रिमियर कपका लागि नेपालको टोली घोषणा, सोनी पाख्रिन कप्तान

असार २४, २०८३
काठमाडौं
एसीसी यू–१९ वुमेन्स प्रिमियर कपका लागि नेपालको टोली घोषणा, सोनी पाख्रिन कप्तान

नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसीसी यू–१९ वुमेन्स प्रिमियर कप २०२६ का लागि १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।

क्यानले बुधबार सोनी पाख्रिनको कप्तानीमा टोली सार्वजनिक गरेको हो। प्रतियोगिता जुलाई ११ देखि मलेसियामा सुरु हुँदैछ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार टोलीमा सना प्रविन, एलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कृष्मा गुरुङ, अन्जली पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट समावेश छन्।

यस्तै, प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आशा चौधरीलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने उक्त प्रतियोगितामा नेपालसहित विभिन्न एसियाली राष्ट्रका यू–१९ महिला टोलीले प्रतिस्पर्धा गर्नेछन्।

salt training

कमेन्ट गर्नुहोस्