१३ असार २०८३, शनिबार

शेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो

फागुन २१, २०८१
काठमाडौं
शेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ ।

अघिल्ला ९ दिन बढेको नेप्से लगातार तेस्रो दिन घट्ने क्रममा बुधबार २५.१६ अंकको गिरावट आयो ।

बुधबार कारोबार भएकामध्ये ६२ कम्पनीको मूल्य बढ्दा १७४ वटाको मूल्य घट्यो । ८ कम्पनीमा कुनै परिवर्तन भएन ।

समूहगतरूपमा जीवन बिमा, बैंक, विकास बैंक, फाइनान्स, होटल र ननलाइफमा १ प्रतिशतभन्दा बढीको गिरावट आयो ।

ट्रेडिङ इन्डेक्समा भने सामान्य वृद्धि देखियो ।

यस दिन बजारमा २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन मंगलबार ३०.३६ अंकले घटेर परिसूचक २८४६.६२ बिन्दुमा बन्द भएको थियो । कारोबार १ अर्बभन्दा माथिको आएको थियो ।

दोहोरो अंकले बजार घटे पनि समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । 

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ९६ करोड ७० लाख ९५ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्