०३ असार २०८३, बुधबार

स्पेसएक्सको रकेट प्रक्षेपण भएको केही समयमै विस्फोट

फागुन २३, २०८१
काठमाडौं
स्पेसएक्सको रकेट प्रक्षेपण भएको केही समयमै विस्फोट

अमेरिकी अर्बपति व्यापारी तथा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ ।

बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयमै रकेट विस्फोट भएपछि केही विमानस्थलमा उडानहरू रद्द गरिएको थियो ।

चालकविहीन अन्तरिक्षयान अन्तरिक्षमा गायब भएको स्पेसएक्सले पुष्टि गरेको छ ।

अहिलेसम्म निर्मित सबैभन्दा ठूलो रकेट स्पेसएक्स स्टारशिप प्रक्षेपण भएको केही समयपछि नै नियन्त्रण बाहिर गएको हो । 

क्यारिबियन टापु राष्ट्रहरूबाट लिइएका तस्बिरहरूमा आकाशबाट आगोको भग्नावशेष वर्षा भइरहेको देखिन्छ ।

यो रकेट परीक्षणको आठौं मिसन थियो र यो लगातार दोस्रो असफलता थियो ।

salt training

कमेन्ट गर्नुहोस्