२७ जेठ २०८३, बुधबार

काठमाडौंको सडकमा ‌ओर्लिए देशभरका शिक्षक [फोटोफिचर]

फागुन २४, २०८१
काठमाडौं
काठमाडौंको सडकमा ‌ओर्लिए देशभरका शिक्षक [फोटोफिचर]

नेपाल शिक्षक महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ । 

पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले शनिबार माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । 

शनिबारको आन्दोलनमा महासंघले ७७ वटै जिल्लाबाट ३६ हजार १०० जना शिक्षकलाई माइतीघर मण्डलामा उतार्ने लक्ष्य राखेको थियो । आन्दोलनमा सहभागी हुनका लागि महासंघले विभिन्न समूहमा विभाजन गरेको थियो । 

जसमा समूह ‘क’ अन्तर्गत रहेका जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरबाट सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन भनिएको थियो । तीन जिल्लाबाट सात हजार ५०० शिक्षक आन्दोलनमा सहभागी हुने महासंघले लक्ष्य राखेको थियो । 

null

त्यस्तै, समूह ‘ख’ अन्तर्गतका तीन जिल्लाबाट तीन हजार, समूह ‘ग’ अन्तर्गतका २९ जिल्लाबाट १७ हजार ४००, समूह ‘घ’ अन्तर्गतका १३ जिल्लाबाट तीन हजार ९००, समूह ‘ङ’ अन्तर्गतका १९ जिल्लाबाट तीन हजार ८७०० र समूह ‘च’ अन्तर्गतका जिल्लाहरूबाट ५०० शिक्षकहरूलाई काठमाडौं पठाउन भनेको थियो ।  

आन्दोलन परिचालनका लागि प्रत्येक सदस्यबाट १०० रूपैयाँ शुल्क उठाउन र सोमध्ये ५० रूपैयाँ राष्ट्रिय समितिलाई उपलब्ध गराउन महासंघले निर्देशन दिएको छ ।  नेपाल शिक्षक महासंघसँग विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी अग्रगामी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासंघले माघ २० गतेदेखि आन्दोलन गर्दै आएको छ ।  

null

फागुन १७ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तर्गत स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्र गरेर आन्दोलनका विभिन्न कार्यक्रम गरेको थियो । यसअघि गत वर्षको असोजमा देशभरका शिक्षक कर्मचारीहरू काठमाडौंका सडकमा उत्रिएका थिए । सडकमै लम्पसार भएर सुतेका थिए । त्यसपछि सरकारले दुईपटक सहमति गरेको थियो । सहमति अनुसार विद्यालय शिक्षा विधेयकमा मागहरू समावेश गर्ने भन्ने थियो ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्