२६ असार २०८३, शुक्रबार

सेयर बजारमा गिरावट कायम : ४६ अंकले घट्यो नेप्से, १० अर्ब बढीको कारोबार

फागुन २५, २०८१
काठमाडौं
सेयर बजारमा गिरावट कायम : ४६ अंकले घट्यो नेप्से, १० अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० को विन्दुमा कायम भएको हो । 

यसदिन बजारमा २ करोड २७ लाख २६ हजार ८३ हजार कित्ताको सेयर खरिदबिक्री हुँदा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रूपैयाँको कारोबार भएको छ । 

गत साताको अन्तिम कारोबारका दिन बिहीबार परिसूचक २.७० अंकले घटेर बन्द भएको थियो । 
आइतबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र आईसीएफसी फाइनान्स लिमिटेड डेभेन्अचरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । 

त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । 

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब १२ करोड ४८ लाख ४९ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्