२८ जेठ २०८३, बिहीबार

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्यायको बढुवा
फागुन २५, २०८१
काठमाडौं
एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

एनएमबि बैंकले आउँदो वैशाखदेखि लागू हुने गरि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको छ । 

बैंक सञ्चालक समितिले आउँदो वैशाख १० गतेदेखि लागू हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोविन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्ष अवधिका लागि नियुक्त गर्ने र हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरिएको हो ।

null

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको  ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । 

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्