काठमाडौंको कागेश्वरी मनोहरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
सोही नगरपालिका-७ मुलपानीबाट अमरसिङ थापा चोक जाने सडकमा बा.प्र. ०३-००१ ख १३३८ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरका सहचालक समेत रहेका खड्कालाई उपचारका लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।