०७ साउन २०८३, बिहीबार

शेयर बजारमा फेरि गिरावट, २१ अंकले झर्‍यो नेप्से

चैत ३, २०८१
काठमाडौं
शेयर बजारमा फेरि गिरावट, २१ अंकले झर्‍यो नेप्से

शेयर बजारमा आइतबार पनि ठूलो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ ।

३१ कम्पनीको शेयर मूल्य बढ्दा २०७ वटामा गिरावट आएको छ । ६ कम्पनीमा कुनै परिवर्तन भएन ।

आइतबार सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ ।​

समूहगत रूपमा ट्रेडिङबाहेक सबै समूह घटेको छ । गिरावटमा सबैभन्दा बढी योगदान विकास बैंक (२.२५ प्रतिशत)ले गरेको छ ।

कमेन्ट गर्नुहोस्