१९ असार २०८३, शुक्रबार

भारतको सहयोगमा मकवानपुरमा बन्यो तीन करोडको विद्यालय भवन

चैत ६, २०८१
काठमाडौं
भारतको सहयोगमा मकवानपुरमा बन्यो तीन करोडको विद्यालय भवन

भारत सरकारको सहयोगमा मकवानपुरमा तीन करोड नेपाली रूपैयाँ लागतमा विद्यालय भवन निर्माण गरिएको छ । 

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्मित जन कल्याण माध्यमिक विद्यालयको भवनको बुधबार उद्घाटन भएको छ ।

मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दनले बुधबार संयुक्त रूपमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरे ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता, विद्यालयका शिक्षक, विद्यार्थी र उनीहरूका अभिभावकको पनि उपस्थिति थियो ।

null

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाको निर्माणमा प्रयोग गरिएको थियो ।

यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)को रूपमा लिइएको थियो र मकवानपुरको जिल्ला समन्वय समितिमार्फत कार्यान्वयन गरिएको थियो ।

जन कल्याण माध्यमिक विद्यालय सन् १९६८ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको हो । सन् १९८५ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा लगभग ८५० विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये ५४ प्रतिशत छात्रा रहेको विद्यालय प्रशासनले जनाएको छ । 

कार्यक्रममा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । 

null

उनीहरूले निर्माण गरिएको पूर्वाधारले मकवानपुरको जन कल्याण माध्यमिक विद्यालयका विद्यार्थीलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । यसले सिकाइका लागि उपयुक्त वातावरण सिर्जना गर्नुका साथै उक्त क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्ने विश्वास लिइएको छ । 

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपालीको उत्थान र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि सरकारले चालेका प्रयासमा भारत सदैव हातेमालो गर्न तयार रहेको दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्