०८ साउन २०८३, शुक्रबार

स्वास्थ्य मन्त्रालयले माग्यो बजेटमा सुझाव

चैत ७, २०८१
काठमाडौं
स्वास्थ्य मन्त्रालयले माग्यो बजेटमा सुझाव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आग्रह गरेको छ ।

सरोकारवाला सबैले सुझाव दिन सक्ने गरी संकलनको व्यवस्था मिलाएको मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि सुझाव मागेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

सोहीअनुसार मन्त्रालयले वेबसाइटमा सूचना प्रकाशित गरी गुगल फर्ममार्फत सुझाव दिन सकिने व्यवस्था मिलाएको हो । 

मन्त्रालयका स्वास्थ्यसम्बन्धी कार्यक्रममा सुझाव दिन चाहने सबैले सुझाव दिन सक्ने र प्राप्त सुझाव ग्रहण गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ​जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्