
सधैं घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले शनिबार ललितपुरमा महिला ‘हाफ म्याराथन’ गरिएको छ ।
स्तन क्यान्सरबारे सचेत गराउने मुख्य लक्ष्यका साथ आयोजित प्रतियोगितात्मक हाफ म्याराथनमा सुनसरी रोकायाले उपाधि जितिन् ।
यसैगरी, १० किलोमिटर दौडको उपाधि निशा शार्की, पाँच किलोमिटरमा सरस्वती भट्टराई र तीन किलोमिटरको उपाधि सम्झना राईले हात पारिन् ।
हाफ म्याराथनमा पुष्पा भण्डारी दोस्रो र निर्मला केसी तेस्रो भइन् । दश किलोमिटर दौडमा आशा रावत दोस्रो र सुमित्रा चौधरी तेस्रो भइन् ।
पाँच किलोमिटरमा अनुश्रिया तण्डुकार दोस्रो तथा ममिता धामी तेस्रो भइन् । तीन किलोमिटर दौडतर्फ गायत्री श्रेष्ठ दोस्रो तथा शुपृता थापा तेस्रो भइन् । दौडमा बालिकादेखि वृद्धासम्मको सहभागिता थियो ।