२८ जेठ २०८३, बिहीबार

सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपालमा

चैत १२, २०८१
काठमाडौं
सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपालमा

सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रिएको छ । ब्लू कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको हो । कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापन गरेर सनलङ ईभीयू-३ कार्गो भ्यान सार्वजनिक गरेको हो ।

सनलङ ईभीयू-३ मा ७० किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको छ । यसलाई एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

सनलङ ईभीयू-३ को लम्बाइ ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्वीलवेस ३०५० एमएम रहेको छ । यसको कार्गोको स्पेसको लम्बाइ ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाइ ३३० एमएम छ । यसको १.४ टन लोडिङ क्षमता रहेको छ ।

null

यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टासम्म छ । यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिने बताएको छ ।

ब्लू कर्पोरेसनले ३१ लाख ४५ हजार रूपैयाँ तोकेर बिक्री शुरू गरेको हो । कम्पनीले निकट भविष्यमै कमर्सियल भ्यानसमेत ल्याउने तयारी थालेको छ । कम्पनीसँग १२ सिटे, १४ सिटे, १९ सिटे भ्यान उपलब्ध हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्