
नेपालका लागि आईकारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले लोकप्रिय ‘आईकार भी २३’मा विशेष सीमित-स्टक अफर घोषणा गरेको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले ५०.९९ लाखको पूर्व-बजेट मूल्यमा ‘आईकार भी २३’ खरिद गर्न सक्नेछन्, जबकि हालको बजेटपछिको आधिकारिक मूल्य ५३.९९ लाख कायम गरिएको छ ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा ‘आईकार भी २३’को आधिकारिक बिक्री मूल्य ५३.९९ लाख निर्धारण गरिएको छ । तथापि, ग्राहकहरूको उल्लेखनीय रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले सीमित संख्यामा उपलब्ध स्टकका लागि ‘आईकार भी २३’ लाई पुरानै मूल्य ५०.९९ लाखमा उपलब्ध गराउने निर्णय गरेको हो ।
यस विशेष अफरमार्फत ग्राहकहरूले ३ लाखसम्मको प्रत्यक्ष बचत गर्न सक्नेछन् । सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरी संशोधित आधिकारिक मूल्य ५३.९९ लाख अनुसार हुनेछन् ।
‘आईकार भी २३’ नेपालका सबैभन्दा आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीमध्ये एकका रूपमा स्थापित भइसकेको छ । रेट्रो-प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ kWh ब्याट्री क्षमता, ४०१ किलोमिटर (CLTC) सम्मको ड्राइभिङ रेन्ज, तथा २१० मिमी ग्राउण्ड क्लियरेन्स जस्ता विशेषताले यसलाई अझ विशिष्ट बनाएको छ ।
यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाहरूले यसलाई नेपाली ईभी पारखीहरूको रोजाइको गाडी बनाएको छ ।
यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकलाई देशभर रहेका आफ्नो नजिकको आईकार शोरुम वा आधिकारिक डिलरशिपमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ । यो अफर केवल हाल उपलब्ध स्टकमा मात्र लागू हुनेछ र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुने कम्पनीले जनाएको छ ।