
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ ।
पोखरा प्रदर्शनी केन्द्रमा बुधबारदेखि प्रारम्भ भएर यही चैत १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम ६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ ।
बीवाईडी डल्फिन- सुरक्षित तथा स्मार्ट फेमिली कारको रूपमा परिचित बीवाईडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्स लगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ ।
बीवाईडी एट्टो ३- नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रूपमा परिचित बीवाईडी एट्टो ३ नेपालका नम्बर १ एसयूभी समेत बनेको छ । सिटी ड्राइभिङ र लामो दूरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ ।
बीवाईडी एम६- नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभीको रूपमा परिचित बीवाईडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात एमपीभी हो । शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प हो ।
आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारी साधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफर समेत ल्याएको छ । सो अफर अन्तर्गत निम्न सुविधा पाउन सकिने कम्पनीले जनाएको छ ।
• २० प्रतिशत डाउन पेमेन्ट
• १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी
• १ वर्ष फ्रि इन्स्योरेन्स
• १ वर्ष रोड ट्याक्स कभरेज
• आकर्षक नगद छुट
• फ्रि एसेसरिज
• फ्रि होम चार्जर
पोखराका लागि बीवाईडीको भिजन
नेपालभर इलेक्ट्रिक मोबिलिटीको प्रयोग बढ्दै गएको सन्दर्भमा बीवाईडीले विभिन्न ग्राहकको चाहना अनुरुप पोखरा र पूरै पश्चिमाञ्चल क्षेत्रमा दिगो यातायात समाधानका साथ आफ्नो उपस्थितिलाई बलियो बनाउने भिजन लिएको छ ।
वाडा अटो शो २०२५ का अवलोकनकर्ताहरूले बीवाईडीका अत्याधुनिक ईभीका साथै पछिल्लो समयमा भएका इनोभेसन तथा यसका लागि आवश्यक फाइनान्सिङ र सर्भिसका बारेमा बीवाईडी टिमबाट आवश्यक जानकारी समेत लिन सक्ने बताएको छ ।
विश्वकै नम्बर १ इलेक्ट्रिक भेइकल सेल्स च्याम्पियनको रूपमा परिचित बीवाईडीले स्थानीय पार्टनरसँगको सहकार्यमार्फत् नेपाली ग्राहकलाई दिगो यातायात प्रवर्द्धनका साथै पर्फमेन्स, सेफ्टी र अद्वितीय विश्वसनियता सहितका अत्याधुनिक इलेक्ट्रिक भेइकल उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।
इलेक्ट्रिक इनोभेसनको अनुभव लिने र बीवाईडीको एक्सक्लुसिभ वाडा अटो शो अफरको फाइदा लिने अवसर नगुमाउनुहोस् । यसका लागि पोखरा प्रदर्शनी केन्द्रमा रहेको बीवाईडीको स्टल भ्रमण गर्न कम्पनीले अनुरोध गरेको छ ।