२९ जेठ २०८३, शुक्रबार

बोर्ड सदस्यमा चलचित्रकर्मी लोहनी नियुक्त

चैत १५, २०८१
काठमाडौं
बोर्ड सदस्यमा चलचित्रकर्मी लोहनी नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा अभिनेता एवं निर्देशक सन्तोषबाबु लोहनीलाई नियुक्त गरेको छ । 

यही चैत ६ गतेदेखि बोर्डमा दुई सदस्यको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा मन्त्रालयले चैत १४ गते बिहीबार चलचित्रकर्मी लोहनीलाई उक्त पदमा नियुक्त गरेको हो । 

विसं २०४९ मा निर्माण भएको चलचित्र ‘अपमान’ मा अभिनय गरेर कलाकारिता सुरु गरेका लोहनी निर्देशन तथा निर्माणमा सक्रिय छन् । बोर्डको सदस्यमा नियुक्त भएसँगै उनले चलचित्रको प्रवर्द्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारका लागि कार्य गर्ने बताए । 

उनले भने, “मैले पाएको अवसरलाई मेरो अनुभवका आधारमा सदुपयोग गर्नेछु । बोर्डको एक समितिमा रहेर काम गरिरहेको अवस्थामा सञ्चालक समितिको सदस्य बनेसँगै आगामी दिनमा चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा योजनाबद्ध रूपमा काम गर्नेछु ।”

यसअघि उनी बोर्डअन्तर्गत अन्तरराष्ट्रिय चलचित्र प्रवर्द्धन समितिको सदस्य पनि हुन् । बोर्डका अध्यक्ष दिनेश डिसीले नवनियुक्त सदस्य लोहनीलाई शुभकामना दिँदै उनको अनुभव र योगदान चलचित्र विकासका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। नवनियुक्त सदस्य लोहनीको कार्यकाल दुई वर्षको रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्