२६ जेठ २०८३, मंगलबार

विद्यार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन शिक्षा मन्त्रालयको आग्रह

चैत १६, २०८१
काठमाडौं
विद्यार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ । 

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाद्वारा शुक्रबार साँझ प्रकाशित विज्ञप्तिमा परीक्षाजस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सञ्चालन हुन दिनु देशका सम्पूर्ण नागरिकको कर्तव्य रहेको उल्लेख गरिएको छ । 

शैक्षिक शत्र अन्तमा अहिले विभिन्न परीक्षाहरू भैरहेका छन् । एसईईसँगै विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायबाट स्नातक तहका हजारौँ विद्यार्थी सम्मिलित परीक्षा सञ्चालन भइरहेको छ । 

लाखौँ विद्यार्थीको भविष्य निर्माणको एउटा महत्त्वपूर्ण कडीका रुपमा रहेको परीक्षालाई निर्वाध सञ्चालन गराउने वातावरण बनाउन मन्त्रालयले आग्रह गरेको हो । 

'लाखौँ विद्यार्थीको अधिकारलाई उपभोग गर्ने सहज वातावरण बनाइदिन सम्बन्धित सबै निकाय, शिक्षण संस्था, शिक्षक समुदाय, अभिभावक र आम समुदायलाई मन्त्रालय हार्दिक आग्रह गर्दछ,' जारी विज्ञप्तिमा भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्