२६ जेठ २०८३, मंगलबार

माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने

चैत २४, २०८१
काठमाडौं
माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने

नेपाल शिक्षक महासंघले चौंथो चरणको आन्दोलन घोषणा गरेको छ । 

यही चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोनल गरिरहेको महासंघले सोमबारदेखि शैक्षिक हड्तालको घोषणा गरिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा संलग्न नहुन उनले शिक्षकहरूलाई आग्रह गरेका छन् । 

महासंघको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ । महासंघ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताए ।

उनले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्