०८ साउन २०८३, शुक्रबार
एमाले-एस सम्बन्धमा नयाँ मोड

सुध्रिएको हो ओली–नेपाल सम्बन्ध ?

चैत २५, २०८१
काठमाडौं
सुध्रिएको हो ओली–नेपाल सम्बन्ध ?

‘यस्ताको के कुरा गर्नु ? नाम लिँदा पनि मुख कुल्ला गर्न मन लाग्छ ।’ लामो समय एउटै पार्टीमा रहेर छुट्टिएपछि केपी शर्मा ओली (नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री)ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति गरेको कठोर टिप्पणी हो यो । 

नेपालले एमाले विभाजन गरेर नेकपा एस बनाएपछि ओली उनीप्रति निकै आक्रामक बनेका थिए । गाली गर्नमा नेपाल पनि कम थिएनन् । यी दुईबीच लामो समय आरोपप्रत्यारोपको शृंखला चल्यो । पछि, २०८० फागुन २२ गते सत्ता सहकार्यको प्रस्ताव लिएर ओली नेता नेपालको कोटेश्वरस्थित निवास पुगे । त्यतिबेला सम्बन्ध सुधारको अपेक्षा गरिए पनि तिक्तता सहजै मेटिएन ।

तर, राजावादी दल र समूहले गणतन्त्रविरुद्ध धावा बोलिरहेको समय पारेर ओलीले अन्य वामघटकप्रति नरम हुने नीति लिएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभामा राजावादी समूहले गरेको चैत १५ को विरोध प्रदर्शन हिंसात्मक बनेको भन्दै ओलीले आलोचना गरेका थिए । तर, सोही दिन प्रदर्शनीमार्गमा नेकपा माओवादी केन्द्र, नेकपा एस, नेकपासहितको समाजवादी मोर्चाले गरेको कार्यक्रमको भने तारिफ गरे । 

‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘समाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनीमार्गमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो । सरकारलाई खबरदारी गर्‍यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो,’ राजावादीप्रति आक्रामक बन्दै माओवादी–एसलाई फुर्क्याउने शैलीमा ओलीले भनेका थिए, ‘शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु ।’ 

प्रतिनिधिसभापछि ओलीले राष्ट्रिय सभामा पनि यही शैली दोहोर्‍याए । तर, चैत १८ गते संसद्पछि ओली सिधै आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकनका लागि पुगे । 

आलोचनाका तीखा शब्दमात्रै होइन, अप्ठ्यारो पर्दा ओली आफ्नो पूर्व टिप्पणीबाट माथि उठ्न सक्छु भन्ने सन्देश दिन भुल्दैनन् । 

‘आपसी तिक्तताबाटै एकैपटक वार्ताको चरण हुँदैन । एकअर्काप्रति नरम हुनु पनि एउटा कदम हो,’ ती नेताले भने, ‘एकअर्काप्रति नरम हुनु नै अहिलेसम्मको प्रगति हो ।’ 

सामान्यतया विपक्षीप्रति कटाक्ष गर्ने प्रधानमन्त्री ओलीको यसअघिको स्वभाव र विशेषता हो । सदन, सञ्जाल होस् वा सार्वजनिक कार्यक्रम नै किन नहोस्, प्रमुख प्रतिपक्षी र विपक्षप्रति आक्रामक रूपमा प्रस्तुत हुने गरेका थिए । तर, केही समयताका ओलीको सार्वजनिक कार्यक्रम, सामाजिक सञ्जाल र सदनका प्रस्तुतिमा शालीनता झल्किएको छ । अर्थात्, उनीहरूमाथि आलोचना र गाली होइन, आग्रह गरिरहेका देखिन्छन् ।

चैत १८ गते प्रधानमन्त्री ओली नेकपा एसको केन्द्रीय कार्यालयमा पुगे । सन्दर्भ वरिष्ठ पत्रकार एवं लेखक कमल कोइरालालाई श्रद्धाञ्जली व्यक्त गर्ने थियो । यही अवसरमा ओलीले आफैंबाट छुट्टिएर गएको समाजवादीको कार्यालय निरीक्षण गरे । चैत १५ गते राजावादी समूहले गरेको आगजनी र तोडफोडबाट पुगेको क्षति पनि अवलोकन गरे । साथै, कार्यालय मर्मतसम्भार गर्न सरकारले सघाउने आश्वासन दिए ।

‘आगलागी र तोडफोडमा भएको क्षति टिपाउनुहोला । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीलाई भनेर म मर्मत गर्ने व्यवस्था मिलाउँछु’, नेपालसहितका नेतासँग ओलीले भनेका थिए, ‘यो क्षम्य नहुने अराजक गतिविधि हुन् ।’ 

ओलीसँगै एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमालेबाटै निष्कासनमा परेका भीम रावल पनि एकै लहरमा बसेका थिए । 

यही भेटबाट उत्साही हुँदै नेकपा एसका नेता प्रकाश ज्वालाले तस्विरसहित ‘आइस ब्रेक’ भनेर लेखेका थिए । ज्वालाको यो टिप्पणीपछि एमाले र नेकपा एसबीच सम्बन्ध सुधार हुन सक्ने आकलन गरिएको छ । तर, पछि उनले त्यो स्टाटस मेटेको एक नेताले दाबी गरे । 

null

नेकपा एकीकृत समाजवादीका एक नेता राजावादीहरूले मुभमेन्ट देखाएपछि सहकार्य गर्नुपर्छ भन्ने मत बलियो बन्दै गएको बताउँछन् । 

‘हिजो सँगै काम गरेको पार्टी हो, त्यसैले एमाले र एस मिल्नुपर्छ भन्ने धेरै छन् । मिल्नै हुँदैन भन्नेको संख्या थोरै छ । हाम्रो विभाजन जनताले जनताले रुचाएनन् । नेकपा एस फुटेकै कारण एमाले पहिलो दल हुन सकेन भन्ने एमालेका धेरै नेताको स्वीकारोक्ति छ,’ ती नेताले भने, ‘केही वर्षयता प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र हाम्रो अध्यक्ष नेपालबीच घोचपेच नचलेको पनि होइन । तर, विभाजित हुँदा दक्षिणपन्थी सल्बलाउने भएपछि मिल्नुपर्ला, सहकार्य गर्नुपर्ला भन्ने सकारात्मक भाइब्स दुवैतिर देखिन्छ । एकअर्काप्रति अभूतपूर्व नरम हुनुले अप्ठ्यारो आउनेबित्तिकै हामी मिल्न पनि तयार हुन्छौं भन्ने सन्देश दुवै दलले दिन खोजेका हुन् ।’

तर, उत्साही हुनुपर्ने गरी सहमतिको प्रक्रियामा कुनै संवाद नभएको तर, एकअर्काप्रति तिखा टिप्पणी गर्न नहुने मत दुवै पार्टीमा बलियो रहेको उनले बताए ।

‘आपसी तिक्तताबाटै एकैपटक वार्ताको चरण हुँदैन । एकअर्काप्रति नरम हुनु पनि एउटा कदम हो,’ ती नेताले भने, ‘एकअर्काप्रति नरम हुनु नै अहिलेसम्मको प्रगति हो ।’ 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि प्रधानमन्त्रीले नेकपा एसको कार्यालय पुगेर राजनीतिक संस्कार देखाएको बताउँछन् ।

‘प्रधानमन्त्रीजी श्रद्धाञ्जलीका लागि नेकपा एसको कार्यालय पुग्नुभएको हो । यही बेला राजावादीले तोडफोड र आगजनी गरेको कार्यालय अवलोकन गर्नुभएको हो,’ गौतमले भने, ‘तोडफोडपछि मर्मत सरकारले गरिदिने प्रधानमन्त्रीले बताउनुभएको छ । यो प्रक्रिया विस्तारै अगाडि बढ्ला ।’ तर, अहिले नै नेकपा एससँग कुनै नतिजा निस्किने गरी छलफलको प्रक्रिया अगाडि नबढेको उनी बताउँछन् । 

ओलीनिकट स्रोतले पनि पछिल्लो भेटबाट समाजवादीका नेताहरू उत्साही भएको बतायो । ‘अहिले नेकपा एससँग वार्ता, संवाद गर्ने बेला होइन,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री उहाँहरूको कार्यालय पुग्दा उनीहरू उत्साही भएको भने पाएका छौं ।’

‘एमाले पनि ठूलो संकटमा छ । आगामी चुनाव लड्नुपर्ने, जित्नुपर्ने दबाब उनीहरूलाई छ । १० लाखमध्ये ३ लाख सदस्यले मात्रै सदस्यता नवीकरण गरेका कुरा आएका छन्,’ खतिवडाले भने, ‘यसैले निराश कार्यकर्तालाई आशा देखाउन पनि एमालेमा पहिलेजस्तो लहडले हुँदैन भन्नेको जमात ठूलो छ । यसैले ओलीजीले पछिल्लो समय तौलिएर बोल्नुभएकोजस्तो लाग्छ ।’                                      

कांग्रेससँग भएको आलोपालो सहमति अनुसार ओली २०८३ असारसम्म प्रधानमन्त्री बन्नेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने ७ बुँदे सहमति भएको छ । कांग्रेस सभापतिले एमालेसँग भएको सहमतिमा पटक–पटक प्रतिबद्धता जनाउँदै आएका छन् । यसैले ओलीले देउवालाई झस्काउने गरी अन्य दलसँग तत्काल वार्ता, एकता वा अन्य प्रक्रियालाई अगाडि नबढाउने नीति लिएका छन् । यद्यपि गणतन्त्रवादी दलसँगको छलफल र संवाद भने जारी राख्ने पक्षमा उनी छन् । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत नचिढ्याउने नीति ओलीको छ ।  

ओलीसँगको कटुता कम हुँदै गएको भनिएका बेला नेकपा एसका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चामा सँगै रहेका प्रचण्डलाई झस्काउने अभिव्यक्ति दिएका छन् । गणतन्त्र ल्याउने सहमति भएको धेरैपछि मात्रै प्रचण्ड मिसिएको उनको दाबी छ ।

‘गणतन्त्रका लागि गिरिजाप्रसाद कोइराला, म र ज्ञानेन्द्रबीच सहमति भएको हो । उनी जनतालाई सबै अधिकार सुम्पन तयार भएका हुन्,’ केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार भएको कार्यक्रममा नेपालले भने, ‘पछि मात्रै प्रचण्ड आउनुभभएको हो । जनयुद्धको इलाकाबाट उहाँ पछाडि मात्रै आउनुभएको हो ।’

नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले ‘आइसब्रेक’ नै लेख्नुपर्ने गरी कुनै घटनाक्रम विकास नभएको बताए । ‘हाम्रो नेताले आइसब्रेक भनेर लेख्नुदिनुभयो । तर, पछि फिर्ता लिनुभयो । यस्तरी लेख्नुपर्ने गरी केही भएको छैन,’ खतिवडाले भने, ‘एकजना सिनियर नेतालाई श्रद्धाञ्जली दिन आउनुभएको हो । यसक्रममा आगजनी र तोडफोडमा परेको हाम्रो कार्यालय अवलोकन गर्नुभएको मात्रै हो ।’

तर, एमालेभित्रै आगामी चुनाव लड्न पहिलेजसरी सकिँदैन भन्ने बोध भएको उनी दाबी गर्छन् ।

‘एमाले पनि ठूलो संकटमा छ । आगामी चुनाव लड्नुपर्ने, जित्नुपर्ने दबाब उनीहरूलाई छ । १० लाखमध्ये ३ लाख सदस्यले मात्रै सदस्यता नवीकरण गरेका कुरा आएका छन्,’ खतिवडाले भने, ‘यसैले निराश कार्यकर्तालाई आशा देखाउन पनि एमालेमा पहिलेजस्तो लहडले हुँदैन भन्नेको जमात ठूलो छ । यसैले ओलीजीले पछिल्लो समय तौलिएर बोल्नुभएकोजस्तो लाग्छ ।’                                                                                                                                                                                                                                                                                                                                                                               

salt training

कमेन्ट गर्नुहोस्