११ साउन २०८३, सोमबार

२०८१ का महत्त्वपूर्ण घटना हेर्नुहोस् तस्वीरमा [फोटोफिचर]

बैशाख १, २०८२
काठमाडौं
२०८१ का महत्त्वपूर्ण घटना हेर्नुहोस् तस्वीरमा [फोटोफिचर]

आज सोमबारदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८२  शुरू भएको छ । २०८१ अरु वर्षहरूझैं सामान्य बितेको वर्ष रहेन, सामाजिक, राजनीतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रूपमा पनि यस वर्षले धेरै कुरा हामीलाई  उपहार दिँदै गएको छ ।

यी केही तस्वीरहरू जसले नेपालीजनले २०८१  लाई सम्झिनुपर्ने, बिर्सिनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक पक्ष समेटिएका छन्  । 

यो वर्ष देशभरि ठूला घटनाहरूको सामना गर्नुपर्‍यो । बाढी पहिरोले  धेरै स्थान तहसनहस बने । काठमाडौं उपत्यकाका साथै देशभरि नै ठूलो जनधनको क्षति भयो । 

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा २ वटा बस बेपत्ता भएका थिए भने अहिलेसम्म ती बस भेटिएका छैनन् । 

null

साउन ९ गते त्रिभुवन विमानस्थलमा नजिकै  सौर्य एयरलाइन्सकव विमान दुर्घटना  १८ जनाको मृत्यु भयो साउन २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो थियो ।

null

असोज ११ गते धादिङको धुनीवेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो  । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते  भए भने भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते भए ।

null

यस वर्ष देशलाई विश्व सामु चिनाउन धेरै कुरा भए । पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पलेशा गोवर्द्धनले पहिलो पद दिलाइन् भने कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मिटरको ३० औं पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे । 

null

नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र  पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा,  १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाए । कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यही वर्ष नयाँ कीर्तिमान बनाए । उनीहरूले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए । 

null

शिशापाङ्मा १४औं हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । 

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन् । उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन् । श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन् । 

null

मंसिर १५ नेपालमा पहिलो पटक नेपाल प्रिमियर लिगको आयोजना गरियो  । जुन खेल अन्तर्राष्ट्रिय स्र मा समेत चर्चा भयो । 

यस वर्ष  मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा वैशाख ३ गते  नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ  ‘ब्रेक थ्रु’ भयो भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला  गरियो ।

null

कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्‍द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परे भने उनी अहिले कारागार चलान भएका छन् ।

विवाद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन भयो । एक पत्रकारसहित दुई जनाको मृत्यु भयो । घटनापछि भागेका उनी हाल पक्राउ परेर प्रहरी हिरासतमा छन् ।

null

यस्तै,  यसैवर्ष कूटनीतिक भ्रमण भए । मंसिर २१ मा भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकको नेपाल भ्रमण  गरे भने  वैशाख २३ गते जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण, वैशाख ११ गते कतारका अमिर (राजा) तमिम विन हमाद अल थानीले नेपालको २ दिने औपचारिक भ्रमण गरे ।

नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि केपी शर्मा ओली चौंथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिए । यसै वर्ष मंसिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय तहमा उपनिर्वाचन सम्पन्न भयो ।

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्