×

NMB BANK
NIC ASIA

शशांकलाई चुनौती दिँदै भवेश्वर, के भन्छन् कांग्रेस चोकका मतदाता ?

मंसिर १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपुर १३ मंसिर- पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको मध्यभागमा पर्छ कांग्रेस चोक । चितवनको नारायणी पुलबाट दुई किलोमिटर अगाडि रहेको यो स्थानको नाम २०३८ सालअघि पूरानो मिल थियो । 

Muktinath Bank

स्थानीय सीता पोखरेलका अनुसार पञ्चायतको समयमा कांग्रेसका नेताहरु लुक्न आउने भएका कारण यस ठाउँको नाम कांग्रेस चोक रहन गएको हो । नेपाली कांग्रेसका संस्थापन बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला लगायतका नेताहरु यो ठाउँमा बसेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस नेता सूर्यभक्त अधिकारीले यो ठाउँको नाम कांग्रेस चोक राखेका स्थानीय दामोदर तिवारी बताउँछन् । नाम कांग्रेसचोक भएपनि गत संविधानसभा चुनावमा यो वडामा कांग्रेसको गढ भत्कियो, एमालेले चुनाव जित्यो । गत स्थानीय निर्वाचनमा गैडाकोट नगरपालिकामा एमालेले मेयर जितेपछि राजमार्ग छेउमा रहेको कांग्रेस चोक लेखिएको बोर्ड हराएको छ । 


Advertisment
Nabil box
Kumari

दुईवटै संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला तेस्रो पटक चुनावी मैदानमा छन् । शशांकलाई टक्कर दिइरहेका छन्, वामपन्थी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भवेश्वर पराजुलीले । प्रदेश सभातर्फ सूर्यप्रसाद न्यौपाने र रोशन गाहाँ वामपन्थी गठबन्धनको तर्फवाट चुनावी मैदानमा छन् ।

Vianet communication
Laxmi Bank

यसपटक पनि चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा रहेका कांग्रेस महामन्त्री शशांकलाई माओवादीका युवा नेता भविश्वरले चुनौती दिएका छन् । ‘उहाँ पर्यटक उम्मेदवार हो, उहाँ बूढो पनि हुनु भयो, नवलपुरको विकासका लागि म नै सक्षम छु’ सोमवार रजहर चोकमा भेटिएका पराजुलीले लोकान्तरसंग भने, ‘उहाँ ह्यावी वेट नेता हो होइन, मंसिर २१ पछि थाहा हुन्छ ।’ 

कांग्रेसप्रति झुकाव राख्ने गैंडाकोटका नारायण प्रसाद पण्डित शशांक कोइरालाको पल्ला भारी हुँने दावी गर्छन् । ‘विगत देखि नै चुनाव जितेको राष्ट्रिय नेता भएका कारण यसपटक पनि शशांकको सम्भावना देख्छु’ पण्डितले लोकान्तरसँग भने । स्थानीय ८० बर्षीय दण्डपाणी कडेलपनि शशांकको सम्भावना बलियो देख्छन् । 

स्थानीय तहको चुनावको तथ्याङक अनुसार लोकतान्त्रिकको तुलनामा वामपन्थी गठबन्धनको भोट बढी छ । धेरै मतदाता भएको गैंडाकोट नगरपालिकामा एमाले विजयी भएको छ । ७५ वर्षका जयलाल कडेल भने स्थानीय चुनावमा एमाललेले जितेपनि शशांक बलियो उम्मेदवार रहेको दावी गर्छन् । 

‘विगतमा पार्टी माओवादीसंग मिल्यो भनेर कांग्रेस कार्यकर्ता खुम्चिएर बसेका थिए’ कडेंल भन्छन्, ‘ठहरेको पार्टी हो, कसैलाई नविगार्ने भएका कारण जनताले कांग्रेसलाई भनेट हाल्छन् ।’

दुई पटक चुनाव जितेर पनि केही नगरेको भन्दै शशांकप्रति कतिपय मतदाता रुष्ट देखिए । ‘दुईपटक चुनाव जितेर के भयो ? रोयल सेन्चुरी (नारायणगढको होटल)मा आयो बसेर गयो । काम केही गर्नु परेन’ स्थानीय सीता पोखरेलले भनिन् । 

कांग्रेस कार्यकर्ताहरु शशांकलाई भावी प्रधानमन्त्री र पार्टी सभापतिको दावेदार भन्दै जनतासंग भोट मागरिरहेका छन् । अर्वपति व्यापारी विनोद चौधरीलाई साथमा लिएर शशांक जनताकोमा भोट माग्न हिडिरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x